नागरिकता
| क्र.सं. |
प्रदान गरिने सेवा तथा कार्य |
संलग्न गर्नु पर्ने कागजातहरु र कोठा नं |
लाग्ने दस्तुर |
लाग्ने समय |
जिम्मेवार पदाधिकारी |
उजुरी सुन्ने अधिकारी |
| १. |
बंशजको आधारमा नेपाली नागरिकता प्रमाणपत्र |
- अनुसूची १ बमोजिमको सिफारिस फाराम
- शैक्षिक प्रमाण पत्र, जन्मदर्ता, पिताको र आमाको ना.प्र.प, (सक्कल समेत)
- वडा मुचुल्का
- विवाहित महिलाको हकमा विवाह दर्ता, माइती पक्षको बाबु, आमा, दाजु, भाई मध्ये कसैको नाता खुलेको नागरिकता प्रमाणपत्र
- श्रीमानको नागरिकताको प्रमाणपत्र
- सनाखत गर्न आउने व्यक्ती को नागरिकताको प्रमाणपत्र
- बसाई सराई गरी आउनेको हकमा बसाई सराई ,जगगा धनी प्रमाण पुर्जा र सम्बन्धित जिल्ला प्रशासन कार्यालयको प्रमाणित अभिलेख
(कोठा नं. ३)
|
रु. १० को हुलाक टिकट |
प्रमाण पुगेमा पेश भएकै दिन |
सम्बन्धित फाँटवाला |
कार्यालय प्रमुख |
| २. |
प्रतिलिपी नागरिकता |
- स्थानिय निकायको सिफारिस
- नागरिकता प्रमाणपत्रको फोटोकपी
- यस कार्यालय बाहेक अन्य कार्यालयबाट जारी ना.प्र.प.को हकमा प्रमाणित अभिलेख
- वडा मुचुल्का
- विवाहित महिलाको हकमा विवाह दर्ता, माइती पक्षको बाबु, आमा, दाजु, भाई मध्ये कसैको नाता खुलेको नागरिकता प्रमाणपत्र
- श्रीमानको नागरिकताको प्रमाणपत्र
- सनाखत गर्न आउने व्यक्ती को नागरिकताको प्रमाणपत्र
- बसाई सराई गरी आउनेको हकमा बसाई सराई ,जगगा धनी प्रमाण पुर्जा र सम्बन्धित जिल्ला प्रशासन कार्यालयको प्रमाणित अभिलेख
(कोठा नं. ३)
|
|
प्रमाण पुगेमा पेश भएकै दिन |
सम्बन्धित फाँटवाला |
कार्यालय प्रमुख |
नोटः माथी पेश भएका सम्पूर्ण कागजातहरुको सक्कल समेत पेश गर्नुपर्नेछ ।